कांग्रेसको नेतृतवमा देउवा की निधि ?


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री बिमलेन्द्र निधिले घेरावन्दीमा पारेर कांग्रेसलाई रसातलमा फसाउने डिजाइन बनाएका छन् । लोकतान्त्रिक पार्टीको रुपमा आफ्नो पहिचान बनाउन सफल नेपाली कांग्रेसलाई विधि र बिधान भन्दा पनि आफ्नो इन्ट्रेस्ट अनुसार निधिले चलाउन थालेका छन् । 

कांग्रेसका सभापति  देउवालाई घेरावन्दी पारेर फसाउने  निधिको डिजाइन छ ,त्यसमा  देउवा श्रीमती आरजुको पनि साथ छ ।  कांग्रेसको नेतृतवमा देउवा की निधि ?यस्तै चर्चा कांग्रेसजनमा चलेको छ ।

निधिको सल्लाहमा फसेका कारण पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको सोमबार संसदीय दलको बैठकमा दिइएको सुझावलाई समेत सभापति देउवाले लत्याउँदै निधिको सल्लाहलाई शिरोधार्य गरेका छन् ।

पूर्वपदाधिकारी र बरिष्ठ नेता सबैले पाँच नम्बर प्रदेशबाट पहाडि जिल्लाहरु गुल्मी, अर्घाखाँची, पाल्पा, प्यूठान, रोल्पा र रुकुम जिल्लालाई चार नम्बर प्रदेशमा नगाभ्न सुझाव दिएका थिए । पार्टीमा संस्थापन पक्ष र सभापति देउवाकै दाहिने हात भनिएका रक्षा मन्त्री वालकृष्ण खाँडले समेत देउवालाई निधिको सल्लाहमा नहिँड्न बारम्बार सम्झाएका थिए ।


देउवा पक्षकै बरिष्ठ नेता गोपालमान श्रेष्ठ, चन्द्र भण्डारी, बरिष्ठ नेता रामचन्द्र पौडेल  समेत असहमति जनाउँदै स्थानिय जनता र जनप्रतिनिधिका सुझाव र सल्लाहबाट मात्र प्रदेशको सिमांकन हेरफेर गर्न भनेका थिए । युवा नेता चन्द्र भण्डारीले पाँच नम्बर प्रदेशबाट पहाडका जिल्ला हटाए कैलालीको टिकापुरमा जस्तै हिंसात्मक घटना हुने चेतावनी दिएका थिए ।


रक्षा मन्त्री समेत रहेका नेता वालकृष्ण खाँडले पाँच नम्बर प्रदेशका जनताले माग नैं नराखेको प्रस्तावलाई माथिबाट लादिएमा शान्ति सुरक्षा खल्बलिने चेतावनी दिएका थिए । संविधान संशोधनको मस्यौदा बिमलेन्द्र निधिले देउवा मार्फत पार्टीका शीर्ष नेता तथा पदाधिकारीसमक्ष राख्दा कसैले पनि समर्थन गरेका थिएनन् ।

निधिले दिएको लिखत देउवाले पढे पनि त्यस्तो प्रस्तावलाई बिधेयकको रुपमा प्रस्तुत गरे संविधानको स्वीकार्यता वढ्ने र संविधान कार्यान्वयनमा टेवा पुग्ने कुतर्क गरेका थिए ।


देउवाले पाँच नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव गर्दा निधि र लेखकबाहेक सबैले बिरोध जनाएका थिए । बिरोध मात्र होइन, पूर्वअर्थमन्त्री डा। रामशरण महतले यस्तो प्रस्ताव कांग्रेसको नभएर कांग्रेसलाई वद्नाम गर्नेहरुको  भएको बताएका छन् ।


 

अन्य समाचार

Recorded Program

Follow us on facebook