देउवाको हातमा केसीको जीवन !

काठमाडौँ, १७ मंसिर । अनशनरत प्रा डा गोविन्द केसीका प्रतिनिधि र सरकारी पक्षबीच सहमति हुन नसक्नुको मुख्य कारण राजनीतिक ईगो रहेको खबर प्राप्त भएको छ ।

सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगन थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत २० दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बसेका प्रा डा केसीका तर्फबाट प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा सहभागी भए ।

वार्ता निश्कर्षमा पुग्न नसक्नुको मुख्य कारण भनेको अनशनरत डा। केसीले आफूले अघि सारेका डा। जगदिश अग्रवाललाई डिन बनाउनुपर्ने शर्त रहेको छ भने उता केपी सिंह हिजोको वार्तामा उपस्थित् नै भएनन् ।

स्रोतका अनुसार काँग्रेस निकट मानिएका डिन सिंहलाई यवितेला काँग्रेसले नै वार्तामा जान रोकेको खबर प्राप्त भएको छ । त्यसैले यतिवेला डा। केसीको माग पूरा गराउने कुरामा बल काँग्रेस सभापति शेरबहादुर देउवाको पन्जामा पुगेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि उनको समस्या समाधान गर्न सकेनन् स्रोतले भन्यो । आईओएमको डिनमा डा। केसीले वरिष्ठताका आधार जगदिश अग्रवाललाई नियुक्त गर्न माग गरेका छन् । यता प्रधानमन्त्री प्रचण्डले केसीकै माग अनुसार अग्रवाललाई नै डिन बनाएर भएपनि समस्या समाधान गर्नुपर्ने भन्दै त्यसको लागि भित्री तयारी थालेका छन् । तर, प्रमुख सत्तासाझेदार दल नेपाली काँग्रेसले यसलाई मानेको छैन् । त्रिवि उपकुलपति तीर्थ खनियाँ कांग्रेस निकट हुन् । खनियाँको राजिनामा कुनै हालतमा नहुने काँग्रेसको अडान छ ।

त्रिविका उपकुलपति खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन केपी सिंहको राजीनामाका विषयमा नै वार्ता केन्द्रित रहेको बताइएको छ । यसैबीच, लगातार २० दिनदेखि आमरन अनसनमा बसेका डा।केसीको स्वास्थ्य अवस्था भने निकै नै खस्किदैँ गईरहेको शिक्षण अस्पतालका चिकित्सकहरुले बताएका छन् ।

डा। केसीको समर्थनमा यतिवेला काठमाडौंमा चिकित्सकहरुले नै विरोध प्रदर्शन गरिरहेका छन् । वार्ता आजपनि जारी छ । यसको लागि प्रधानमन्त्रीस्तरमा, मन्त्रीस्तरमा र सचिव स्तरमा वार्ता भैरहेको छ । यसअघि विहिबार साँढे ११ बजेसम्म शिक्षा मन्त्रालयमा भएको वार्ताबाट कुनै निष्कर्ष निस्किएको थिएन् ।


प्रधानमन्त्रीले केसीसँगै कुरा गर्ने

त्रिवि शिक्षण अस्पतालका प्रा डा गोविन्द केसी र सरकारी पक्षबीच बिहीबार शिक्षा मन्त्रालयमा भइरहेको वार्ता शुक्रबार पुनः बस्ने गरी बिहीबार राति स्थगन भएको छ ।

सरकारका तर्फबाट स्वास्थ्यमन्त्री गगनकुमार थापा, शिक्षामन्त्री धनीराम पौडेल, सचिवद्वय डा सेनेन्द्रराज उप्रेती र शान्तबहादुर श्रेष्ठ लगायत तथा गत १९ दिनदेखि चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै दसौँ पटक अनशन बस्नुभएका प्रा डा केसीका तर्फबाट  प्रा डा राजेन्द्रराज वाग्ले लगायत चिकित्सक वार्तामा रहनुभएको थियो ।

अन्य समाचार

Recorded Program

Follow us on facebook