गायक तिवारी भन्छन्,'बाचुन्जेल सांगीतिक छेत्रमा हिडिरहनेछु'


 काठमाण्डौ । बाग्लुङ जिल्ला ग्वालिचैरका स्थायी बासिन्दा बाबा कृष्ण तिवारी माता दुर्गा तिवारीको कोखबाट जन्मिएका रामु तिवारी जहाँ रहे पनि गायन क्षेत्र भुल्न सकेकका छैनन् । गायक तिवारी भन्छन्,'बाचुन्जेल सांगीतिक छेत्रमा हिडिरहनेछु' ।

आज यो धर्तिमा उच्च सिर पारी हिड्न पाएकोमा आफुलाइ भाग्यमानी ठानेको उनले आफुलाई दिनप्रतिदिन सशक्त बनाउदैँ अगाडि बढाएका छन् ।

गायक तथा सर्जक तिवारी सांगीतिक छेत्रमा निकै अगाडि बढ्न चाहेको पनि बताउँछन् । तिवारी भन्छन् , म यस सांगीतिक छेत्रमा प्रवेश गर्दा धेरै दुख मेहनत र परीश्रम समेत गरे ।

आज यो क्षेत्रको बिकास देख्दा आफु निकै उत्सायी भएको बताउछन् ।  सांगीतिक छेत्रमा प्रवेश गर्दाको समय सम्झिदै ,त्यती बेलाको माहोल यस्तो बन्दियो आफन्तजनहरु पनि टाढा भइदिए यस्मा आफुलाई दुखी समेत भएको ब्यक्त गरेका छन् ।

 सांगीतिक छेत्रमा अगाडि बढ्न प्रेरणा दिने मेरो गुरुहरु रामु बिरही,गोपाल घर्तिमगर, अर्जुन बिरही, प्रकाश कोइराला हेमन्त खड्का, निशा शाही, मुक्ति र मनिस संगीत रहेका बताउँछन् ।

गायक तथा सर्जक रामु तिवारीले अहिलेसम्म बजारमा ल्याएका एल्बमहरु (हाम्रो प्रेम काहानि, छोडी गएको, प्रयास,उडेर त्यो जुनलाई क्यारी छुम्ला सानु म, मायाको बिस्वास ठूलो हुदो रहिछ, ) रहेका छन् र यसमा आफ्नै लय शब्द रहेको बताउछन् साथै अबको केही समय पश्चात् २,३वटा एल्बम साथीभाई डिजिटल म्युजिक बाट बजारमा आफ्नै अवाज र लय,शब्दमा आउने कुरा समेत जानकारी गराए रामुले जस्मा (सबैलाई मोबाइलको भोगि बनायो, यो मुटुको धड्कन, बिछोड, अभिलाषा) एल्बम रहेका छन्  ।

आफु मातृभुमीमा नभएपनि प्रवासबाटै भएनी सांगीतीक यात्रालाई तिव्र गतिमा अगाडि बढाईरहने बताउँछन् र बाचुन्जेल सांगीतिक छेत्रमा हिडिरहनेछु संगीतलाई माया गरीरहने छु समेत भनेका छन् अहिले आफ्नो कर्म थलो इन्डिया बनाउँदै आएको बताए। कुराकानीका आधारमा

अन्य समाचार

Recorded Program

Follow us on facebook