प्राण रहुन्जेल गीत संगीतमा जम्ने प्रण

काठमाण्डौ । धादिङ जिल्ला निलकण्ठ न.पा.६ सुनौला बजारमा जन्मेका सर्जक आर.के.रम्तेलको दिनचर्या संगीतमय हुने गरेको छ ।

आफू सामान्य परिवारमा जन्मिएको बताउने उनी हुर्किने क्रमसगैँ संगीतमा उची बढेको बताए । हाल रोजगारीको सिलसिलामा आफ्नो जन्मभूमि छाडी पराई भुमी खाडी मुलुक मलेसियालाई कर्मथलो बनाएका आर.के. सर्जक गीत संगीतकै छायाँमा रमाएका छन् ।

बाबा कृष्ण रम्तेल र माता चमेली रम्तेल कोखबाट जन्मि उनी एक हिसाबले आफुलाइ भाग्यमानी समेत ठानेको बताउँछन् समय र परिस्थितिले साथ नदिए पनि गीत संगीतलाई माया मार्न नछोड्ने अठोट समेत खुलाएका छन् ।

मैले लेखेका गीत सबै मार्मिक छन् तर सबै गित बजारमा ल्याउन सकेको छैन्, उनले भने । केही दिन केही समय पश्चात् नौला नौला शब्द र रचनामा सजिएका गितहरु लिएर बजारमा आउने कुरा समेत जानकारी गराएका छन् ।

यथार्थ विषय वस्तुलाई समेटी लेखेको आधुनिक गित तिम्रै साथमा सयौं जुनि लिएर बजारमा आएका सर्जक आर.के.रम्तेल उक्त गितले धेरै स्रोताको मन जित्न सफल भएकोमा सम्पुर्ण स्रोतागणलार्इ धन्यवाद दिदै खुसी ब्याक्त पनि गरेका छन् ।

भावी दिनमा अझ सुधार गरेर अरु एल्बम बजारमा ल्याउँने बताएका आर.के.सर्जक आफ्नो प्राण रहुन्जेल गीत संगीतमा जम्ने र माया गर्ने अठोट समेत लिएका छन् ।

अन्य समाचार

Recorded Program

Follow us on facebook