गृहमन्त्री ज्यू, कहिले एक्सन चाल्ने ?

काठमाडौं, १४ मंसिर । पछिल्लो समय डोल्पामा मुर्ति चोरीको श्रृखंला बढेको छ । डोल्पाको सात गाविसमा ५० वर्ष अघि देखि रहेका विभिन्न गुम्बाहरुका अत्यान्तै मुल्यवान, पुराना मुर्ति चोरी भएपनि यतिबेला जिल्लाबासी धेरैनै चिन्तामा परेका छन् ।

जिल्लामा मुर्ति चोरीेसँगै स्थानीयबाशिन्दा र पुजारीमाथी आक्रमण बढेपछि जिल्लाबासी झनै त्रसित बनेका हुन ।

 

यस्तो छ मुर्ति चोरीको श्रृखंला

सन् २००५ मा याङजेर गुम्बाबाट २८ थान पुराना मुर्ति, २००८ मा तिन्जे गाविसको सिमानामा रहेको गुम्बामा १ जनाको हत्या सहित मुर्ति चोरी भएको थियो ।

त्यस्तै २०११ साल्दाङ्ग र तिव्वतको नाकामा व्यापारी र गाउँलेलाई शक्तिशाली हतियार देखाई ९ करोडको हाराहारीमा लुटपाट भएको थियो । यस्तै, २०१२ धो र फोक्सुण्डोको सिमानामा करोडौंको लुटपाट,२०१३ मा तल्लो डोल्पामा सहरतारा गाविसको गुम्बाबाट बहुमुल्य मुर्तिहरुको चोरी भएको थियो ।

यस्तै २०१४ मा बधो गाविसको ढक्मार धेवा गुम्बाबाट ११ थान मुर्ति चोरी भएको थियो । यस्तै २०१६ को बैशाख महिनामा धो गाविसमा पर्ने गाकार गुम्बाबाट ४ थान बुद्धको मुर्ति लगायत पुराना मुर्ति एवं गहना चोरी भएको थियो । र स्थानीय माथी हातपात पनि भएको थियो ।

हालै दुई महिना अघि छार्का गाविसको बोन गुम्बाबाट १ थान मुर्ति चोरी र त्यहाँको लामामाथी हातपात भएको थियो । शैक्षिक तथा यातयात एवं विकासको पूर्वाधारबाट टाढा रहेको डोल्पामा पछिल्लो समय अपराध मौलाएको जिल्लाबासीको ठम्याई छ ।

सन् २०१६ को बैशाखमा धो गाविसको गाकार गुम्बा ८ छार्का गुम्बामा भएको चोरीमा संलग्न ७ जना हातहतिसहित पक्राउ परेका थिए । पक्राउमा परेकाहरुको बयान अनुसार उनीहरुले आफूले गरेको अपराध स्वीकारे । पक्राउ पर्नेमा डोल्पाकै साल्दाङ–८  हाल को –९ टक्सी गाउँका राप्के लामा थिए ।

उनले १९ थान विभिन्न गुम्बाका मुर्ति चोरी गरी आफ्नो घरमा लुकाएर राखेको र सो मुर्तिहरुको फोटो खिचि गैरकानुनी रुपमा विक्रिका निम्ति मोलमोलाई गर्ने गरेको प्रहरीको बयानमा बताएका छन् ।

अपराधीको घर खानतासी गर

जिल्लाबासीले अपराधीको घर खानतलासी गर्नुपर्ने बताएका छन् । पक्राउ परेकाको  घरमा धेरैनै मुर्ति रहेको भन्दै उनीहरुले यस्तो बताएका हुन ।

जिल्लाबसीले अपराधीको घरमा खानतलासी गरी उसलाई कडा भन्दा कडा कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । उनीसँगै ठुलो मात्रमा चोरीको मुर्ति हुनसक्ने स्थानीयले आशंका छ । गृहमन्त्रीले यस विषयमा चासो दिई तत्काल अनुसन्धान अघि बढाउनुपर्ने स्थानीयको माग छ ।

एक निवेदनमार्फत उनीहरुले लामाका साथै अर्का मुर्ति चोरी गर्ने साल्दाङ गाविस – ५ का फरार अभियुक्त धावा थापालाई पनि पक्राउ गरि अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

त्यस्तै, जिल्लाको शन्तिसुरक्षा कमजोर रहेको ठहर गदैं तत्काल शान्तिसुरक्षा कायम गराउन जिल्लाबासीले गृहमन्त्रीको ध्यानाकर्षण समेत गराएका छन् ।

अन्य समाचार

Recorded Program

Follow us on facebook