'उपसभापति भारतले मानेन भन्न लाज लाग्दैन्' ? ,सभापति देउवाज्यू !

काठमाण्डौ । शिवपुरी जलाधार क्षेत्रका हर्ताकर्ता थिए– महेन्द्रका भ¥याङमुनीका छोरा, जो जेठो भएर पनि राजकाज पाएनन् र कलंकीमा राजमन्दिर बनाएर बसेका थिए ।
उनले एकदिन बाघको बच्चा फेला पारे र घरमा लगेर पाल्न थाले । घरमा बिरालोले बच्चा पाएको थियो, बिरालो पनि हुर्कदै गयो । हुर्कने क्रममा विरालोको बच्चा म्याउ गर्न थाल्यो, बाघको बच्चाले मालिककै औंला टोकिदियो ।

त्यसपछि उनलाई ज्ञान भयो, बाघ भनेको बाघै हो, बिरालो भनेको बिरालो । न बाघ बिरालो हुन्छ, न बिरालो बाघ बन्नसक्छ । यिनले जात जनाउँछन् । त्यसपछि बाघको बच्चालाई चिडियाखाना पठाइयो ।

यही इतिहास दोहोरिएको छ नेपाली कांग्रेसमा । शेरबहादुरको नाममात्र शेर रहेछ । आखिर सभापति भएको महिनौंपछि  आप्mनै केन्द्रीय सदस्यहरुका सामु म्याउ गरिहाले ।

केहि दिन अगाडि कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा गएको ४ जना केन्द्रीय सदस्यको टोलीसँग भेट गर्दै सभापति शेरबहादुर देउवाले मुखै खोलेर भनिदिए– इण्डिया मानेन, म खुमबहादुरजीलाई उपसभापति बनाउन सक्दिन ।

खड्का समुहसगँ बसेको गोप्य बैठकमा देउवाले यस्तो कुरा गरै हामी त छक्क परियो एक केन्द्रिय सदस्यले न्यूज अभियानलाई भने । नेपाली कांग्रेस अब भारतीय कांग्रेसमा परिणत भएको कालोदिनहरु बनेको चर्चा कांग्रेसजनहरुले खुलेरै गर्न थालेका छन् ।

त्यसो त,खड्काको उपसभापति भारतले मानेन भन्न लाज लाग्दैन् भन्ने सम्मको कुरा खुलेरै हुन थालेको छ ।

नेपाली कांग्रेसको इतिहासमा यसरी भारतको निर्देशनमा पदाधिकारी चयन हुने नहुने फैसला कहिले पनि भएको थिएन । दोस्रो पुस्ताका र कोइराला इतरबाट पहिलो सभापति (अपवादमा कृष्णप्रसाद भट्टराई बाहेक) बनेका शेरबहादुर देउवाले अव नेपाली कांग्रेसलाई जनस्तरमा सुसंगठित बनाएर र कांग्रेसी नेतृत्व तथा भातृ संगठनहरुलाई एकतावद्ध पारेर अघि बढ्नेछन् भन्ने जुन विश्वासको सञ्चार भएको थियो, त्यो आजबाट समाप्त भएको छ ।

समरणीय छ, शेरबहादुर देउवाले अधिवेशनमा खुमबहादुर खड्कालाई उपसाभपति बनाउँछु भनेर कबुल गरेरै आफ्नो पक्षमा महत्वपूर्ण चुनावी भूमिका निर्वाह गर्न सहयोग लिएका थिए । आज आएर जे बोलेका थिए, देउवाले आफूले थुकेको थुक आफैले चाटेका छन्, आकाशतिर फर्केर थुकेका छन् ।

देउवा विश्वसनीय र सबैलाई समेटर पार्टीलाई अघि बढाउन सक्ने नेतृत्व बन्न सकेनन् । मात्र भारतको सहयोग र समर्थन लिएर आफू र आफ्नी श्रीमतीलाई पार्टी सभापति र प्रधानमन्त्री बनाउन लागिपरेका महत्वाकांक्षी नेताका रुपमा देखापरे । यस्ता स्वार्थप्रेरित नेताले न कांग्रेसको ऐतिहासिक गौरवको रक्षा गर्न सक्छन्, न पार्टी पंक्तिको मोरल उचाल्न ।

त्यसै पनि कम्युनिष्टहरु बलबती हुँदै गएका छन् र प्रजातन्त्र खतरामा परिरहेको छ, त्यसमाथि आफ्नै सहयोगी र पुराना तथा प्रभावशाली नेता खुमबहादुर खड्काजस्ताको मान मर्दन गरेर देउवाले पार्टीलाई रसातल नै पु¥याउने भए, पञ्जाछापे सद्भावनाभन्दा पनि गएगुज्रेको बनाएर छाड्ने भए ।

शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेस आजबाट स्याल नेतृत्वमा परिणत भएकोमात्र होइन, हाराकिरीको स्थितिमा पुग्यो भन्ने निष्कर्ष छ विश्लेषकहरुको ।

अन्य समाचार

Recorded Program

Follow us on facebook