प्रवास भनेर काहाँ भो र ? गीत संगीत बिर्सन सकिदैन-सर्जक रत्न बुढा


काठमाण्डौ । सल्यान जिल्ला बाँमे वडा नं।३ नकाल गाउँमा जन्मिएका सर्जक रत्न बुढा प्रवासमै गीत संगीतमा जमेका छन् । प्रवास भनेर काहाँ भो र ?  गीत संगीत बिर्सन सकिदैन ।

सल्यानमा  बाल्यकाल बिताएका सर्जक रत्न साथै बिगत दस वर्ष देखि बसाई सरि सुर्खेत जिल्ला छिन्चु पाँचमा स्थाइ बसोबास भए पनि हाल मलेसियामा रमाएका छन् । अर्थात उनले कर्मथलो मलेसियालाई बनाएको जानकारी गराउँए ।

लोक दोहोरी गीत भन्ने बित्तिकै सानै उमेरमा फिदा हुँने सर्जक जीवनमा दुख पिंडा धेरै भोग्नुको साथै सानै उमेरमा बाबु गुमाएको पिंडा केही वर्ष नबित्दै जन्मदाता आमाले समेत छोडेर गएको उनले  बताए ।

बाबु गणेश बुढा माता मंगली बुढाको कोखबाट यो संसार देख्न पाएकोमा एक हिसाबले आफुलाइ भाग्यमानी समेत ठानेको बताउँछन् उनी ।

समय र परिस्थितिले चुनौती दिए पनि गीत संगीतलाई माया मार्न सकिन सानै उमेरदेखि दुख वेदनाका गित लेखि गीत गुनगुनाउँने इच्छा थियोे तर विविध कारणले गर्दा गितमा उतार्न धेरै कठीन समेत रहेको जानकारी उनले गराएका छन् ।

मैले लेखेका गीत सबै मार्मिक र यथार्थ विषय वस्तुलाई समेटी लेखेको कुरा समेत उनले खुलाए । अहिले सम्म बजारमा आएका एल्बम प्रदेशिको कहिँ कतै घर हुँदैन, नाच नाच ए कान्छी डम्फु मादलमा, फेस्बुकले हो हाम्रो नाता जोडेको, उद्धार गरौ नेपाली चेलीलाई, मखमली सयपत्री फुल्दा, अब आउने दिनहरुमा अझ  सुधार गरेर अरु एल्बम बजारमा ल्याउँने समेत बताएका छन्  सर्जक रत्नले आफु बाचुन्जेल गीत संगीतलाई माया गर्ने अठोट समेत लिएको बताए । 

अन्य समाचार

Recorded Program

Follow us on facebook