प्रवासबाटै संगितमा निशा

 काठमाण्डौ । प्रतिभाकी धनी निशा शाही अहिले निकै गित संगितमा खटेर जमेकी छन् । प्रबासबाटै संगितमा निशाको चासो बढेको यसैबाट प्रष्ट हुन्छ ।

नेपालगन्जको कोहलपुर ३ रझेना बाँकेमा आफ्नो स्थाई घर भएकी सर्जक निशा एउटा गरिब किसान परिवारकी छोरी हुन् । उनका बाबा बद्री शाही आमा नन्दकली शाही अहिले पनि किसानी पेसामा तल्लिन छन् ।

जोश, जाँगर र अन्तरआत्मादेखि नै इच्छा छ भने ठाउँले फरक पर्दो रहेनछ उनी बताछिन् । गीत संगीत असाध्यै मन पर्छ र गुनगुनाउँछु पनि उनी भन्छिन् ।

बिगत ३,४ वर्ष देखि परिचित आत्मिय हितैसी मित्र गायक तथा मोडेल गोपाल घर्ती संगको रमाइलो भेटघाट अनि उहाँको सल्लाह सुझाव अनुसार यस सांगीतिक क्षेत्रमा प्रवेश गर्ने अवसर पाएको बताउँछिन सर्जक निशा गोपाल घर्ती मगरलाई प्रवासमै रहेर सम्झिरहन्छिन् ।

निशाले सोचेकी पनि थिइन यसरी संगीत छेक्षमा पाइला चालौंला भनेर । निशा आफ्नो गीतहरुमा स्वयम् आफै शब्द लय भएको बताउँछिन ।

निशा शाहि अहिले बजारमा चर्चामा रहेका चर्चित एल्बमहरु तिरस्कार,जाने हो पोखरा,यता पनि लपक्कै उता पनि लपक्कै,मेरो सामु कैले न आउँनु,सक्छौ भने आउन फर्केर दिलको राजा,दुख पाय कर्म हाराले,जस्ता धेरै एल्बमहरुमा लय शब्द गरेको बताउँछिन् ।

निशा अन्यमा मुक्ती बिरही,रामु तिवारी हेमन्त,तिर्थ बास्तोला खड्का लगायत मलाई यस क्षेत्रमा टेवा र सहयोग पुर्रुयाउने सम्पुर्णलाई पराइ भुमिबाटै भए पनि सम्झन चाहान्छु र आभारी छु पनि  भन्न भ्याएकी छन् ।

अन्य समाचार

Recorded Program

Follow us on facebook