नेपाल तरुण दल महाधिवेशन : 'खड्काले रन्किदै भने मेरो टिम यो हो'

पोखरा , मुलुकको सबैभन्दा ठूलो पार्टी नेपाली कांग्रेसको प्रभावशाली भातृसंगठन नेपाल तरुण दलको केन्द्रीय महाधिवेशनको बन्द सत्रनै अन्योलमा परेको खबर छ । पोखरामा जारी चौंथो राष्ट्रिय महाधिवेशनको आज तेस्रो दिन हो ।

बिहान १०:०० बजेपछि बन्दसत्र सुरु हुने भनिए पनि अझै सुरु हुन सकेको छैन । कांग्रेसका शभापति शेरबहादुर देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रभावशाली नेता खुमबहादुर खड्का ,अर्का मनोनीत केन्द्रिय सदस्य कृष्ण सिटौंला लगायतका नेताहरु बिच सहमतीका लागि छलफल चले पनि निष्र्कषमा नपुगे पछि अन्योल बढेको हो ।

यतिबेला काँग्रेसको शीर्ष चार खेमा सभापति देउवा, पौडेल, खड्का र सिटौलाबीच सहमतिमै पदाधिकारी भागबण्डा लगाउनेबारे छलफल चलिरहेको छ । पोखराको डयामसाइटस्थित राष्ट्रबैंकको क्वार्टरमा सहमतिका लागि छलफल चलिरहेको हो ।

यसैबिच निर्वाचन प्रक्रिया सुरू नगरिएको भन्दै तरुणका नेता तथा कार्यकर्ताहरुले नाराबाजी चलिरहेको छ । चौथो महाधिवेशनमा परिवारवाद हाबी हुँदा विवाद चुँलिँदै गएको तरुणका नेताहरुले बताएका छन् ।

त्यसो त, मुलुक निर्वाचनको तयारीमा गइरहेका बेला तरुणलाई सहमतीमा किनारा लगाउनु पर्ने भएकाले हामी सहमतीका लागि तयार भएका थियौं तर सहमतीको माहोल देखिएन निर्वाचनको तयारीमा जुटेका छौं प्रभावशाली नेता खड्का समुहका एक केन्द्रिय सदस्यले भने  ।

सहमतिको नाममा परिवारबाद हाबी गर्न खोजीएको भन्दै एकापक्ष निर्वाचनको माग गर्दै हिँडेको छ भने अर्कोपक्ष आउँदो स्थानीय निकायको निर्वाचनकोलागि पनि सहज हुने भन्दै सहमतीय आधारमा नेतृत्व चयन गर्ने पक्षमा देखिन्छ ।

करिब १२ वर्षपछि हुन लागेको महाधिवेशन निर्वाचनबाट गर्ने देउवा कस्सिएका छन् । त्यसो त पार्टीदेखि कांग्रेस भित्र राम्रो पकड रहेका प्रभावशाली नेता खुमबहादुर खड्का समेत  देउवासंग असन्तुष्ट बनेका छन् ।

कांग्रेसको महाधिबेसन भएको दुई महिना भित्र पदाधिकारी चयन गर्नुपर्ने भएतापनि सभापति देउवाले कुनै तात्पर्यता नदेखाएपछि पुर्व सहमति अनुसार उपसभापति बनाउने कार्य सम्पन्न नभए पछि खड्का देउवासगँ असन्तुष्ठ भएका हुन् ।

नेविसंघ र महिला संघमा देउवालाई सहयोग गरेका खड्काले अहिले भने मौन बस्ने अवस्था छैन भन्दै तरूण दलमा अध्यक्ष देखि पदाधिकारीमा चुनाव लडाउने अन्तिम निर्ण लिइसकेका छन् ।

देउवा गेट ,पौडेल गुट बाहेक सशक्त तेस्रो धारको नेतृत्व गरेका खड्कासंग ९ केन्द्रीय सदस्यको साथ छ । त्यसो त वनमन्त्री एबं केन्द्रीय सदस्य शंकर भण्डारीको पनि खड्का बलियो नभए कांग्रेस कमजोर हुदैँ जाने बताएका छन् ।

निर्वाचनको दबाब बढ्दै, चारक्षीय भीडन्त हुने संकेत

नेपाल तरुण दलमा सहमति गर्ने भनिएपनि पछिल्लो समय निर्वाचनकोे लागि दबाब बढ्दै गएको छ ।

शनिबारदेखि पोखरामा सुरूभएको चौथो महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वलाई सहमतिमा नै टुङ्गोमा पु¥याउने भनेर प्रयास भएको भएपनि झनै भागवण्डा नमिलेपछि नेताहरुले भित्रभित्रै आ आफ्नो गुट तयार गरेका छन् ।

महाधिवेशनका केन्द्रीय प्रतिनिधिहरूले निर्वाचनमा गराउन दबाब दिईरहेका बेला नेताहरु पनि त्यस्तै तयारी गरिरहेका हुन् । शभापति देउवा,बरिष्ठ नेता पौडेल, प्रभावशाली खुमबहादुर खड्का ,अर्का मनोनीत केन्द्रिय सदस्य सिटौंला गुट बिच चुनाव हुने संकेत देखिएको छ ।

नेताहरु भने सहमतीमा जुटेका छन् । सहमती गर्ने जिम्मा खड्कालाई दिइएको छ ।

खुमबहादुरको साथ नपाए सकस

नेता खड्काको साथ र समर्थन विना सभापति शेरबहादुर देउवाको पक्षलाई चुनाव जित्न  सकस हुने प्राय निश्चित भइसकेको छ । कार्यकर्ताका निकै प्यारा मानिने खड्काले भने यस पटक पार्टी भित्र आफ्नो भुमिका देखाउने कसरतमा रहेका छन् ।

यसैबिच, निर्वाचन हुने संकेत भए पछि खड्का समुहले अध्यक्ष कर्ण मल्ल , उपाध्यक्षमा मिनकृण्ण महर्जन र महामन्त्रीमा रोशन यादवलाई अगाडि सारेका छन् ।

चुनाव हत्याउने दाउमा खड्का

पार्टी भित्र निकै प्रभावशाली नेता मानिने खड्का भने चुनाव आफ्नो पोल्टामा पार्ने रणनीति सहित लागिपरेका छन् । तिन दिनदेखि पोखरामा रहेका खड्काले यस पटक देउवालाई नराम्ररी झड्का दिने भएका हुन् ।

अन्य समाचार

Recorded Program

Follow us on facebook