सिटी एक्सप्रेस कहिले पर्छ छानबिनमा ? यस्ता छन् मालिकका कर्तुत

काठमाडौं, २९ कात्तिक । सिटी एक्सप्रेस मनिट्रान्सफर भित्र निलम्बनमा परेका सरकारी कर्मचारीदेखि म्यानपावर संचालक सम्मको हालिमुहाली रहेको पाइएको छ ।

पछिल्लो समय मनिट्रान्सफरको क्षेत्रमा आफूलाई राम्रो हैसियतका रुपमा दाँज्ने सिटी एक्सप्रेसभित्र भष्ट्राचारको आरोपमा निलम्बनमा परि सफाई पाएको भनिएका डोलराज शर्मा देखि एसओएस म्यानपावरका संचालक हेम बहादुर गुरुङ सम्मको हालिमुहाली रहेको पाइएको हो ।

प्रवन्धक निर्देशक चन्द्र टण्डनसँग केही समय अघि बाट निकै नजिकिएका डोलराज अहिले सिटी एक्सप्रेसका उपाध्यक्ष हुन । आफूलाई ग्लोबल आइएमईका चन्द्र ढकालको हैसियत सरह भएको बताउदैं हिड्ने शर्मा नेपाल सरकारको अधिकृत पदमा रहँदा छानविनमा तथा भष्ट्राचार प्रकरणमा मुछिएका थिए ।

लामो समय निलम्बनमा परेका शर्माले, शक्तिको अगाडी केही लाग्दैन् भने झैँ ठूलो रकम खर्चेर भएनी आफ्नो मुद्दालाई तत्कालका लागि किनारा लगाएका थिए । 

स्याङ्जाको दुर्गममा जन्मिएका शर्मा अहिले पनि अकुत सम्पती सदुपयोगमा उद्धत रहेको समाचार स्रोतले न्यूज अभियानलाई बताएको छ ।

भष्ट्राचार प्रकरण एक फेर मुच्छिसकेका शर्मा, अहिले आफ्नो कालो धनलाई सेयरदेखि अपार्टमेन्ट, हाईड्रोपावर सम्म परिचालित गरेको समाचार स्रोत बताउँछ ।

सरकारी अधिकृत रहँदा उनीसँगै काम गरेका शर्माका सहकर्मीले अहिले पनि उनको हाईफाईलाई देखेर जिब्रो टोक्ने गरेका छन् ।

उनीसँगै काम गरेका एक जना सहकर्मी कर्मचारी भन्छन्,‘शर्मा जी, सरकारी जागिरमा प्रवेश गर्दा झुत्रे जस्तै थिए, अहिले उनी अरबपती जस्तै बनेका छन् ।’ उनि थप्छन्,‘जब उनी सरकारी जागिरमा अए उनी अकुत सम्पती जोहोमा तल्लिन भए ।

उनको सिटीमा त लगानी केही होईन्, उनको लगानी स्वदेश तथा विदेशमा पनि थुप्रिएको छ, जुन सम्पतीको  स्रोत उनको व्यवसायले देखाउन सक्दैन ।’ समाचार स्रोतका अनुसार शर्माले आफ्नो बैंक व्यालेन्स आफ्नो नाममा छैन् ।

यस्तै सिटी एक्सप्रेसमा एसओएस म्यानपावरका संचालक हेम बहादुर गुरुङको समेत लगानी रहेको छ । उनी सिटी एक्सप्रेस, बोर्ड अर्फ डाइरेक्टरका अध्यक्ष हुन ।

सरकारले फ्री भिसा फ्री टिकटको नियम ल्याएपनि ठाडो रुपमा चुनौती दिदैं सयौं युवालाई ठगी गर्ने म्यानपावरको सुचीमा एसओएस पनि पर्ने गरेको पाइएको छ । वैदेशिक रोजगार विभागका अनुसार एसओएसका नाममा दर्जनौं उजुरी विभागमा पर्ने गरेका छन् ।

विभागमा सो म्यानपावर विरुद्ध वैदेशिक रोजगारमा जादाँ बढि रकम लिएको,भने अनुसारको काममा नपठाएको जस्ता उजुरीहरु थुप्रिएका हुन् । कतिपय मुद्धालाई होमबहादुरले आफ्नो कतुर्त ढाकछोप गर्न विभागका कर्मचारीलाई घुस खुबाएर उजुरी दर्ता नगर्न दबाब दिने गरेको समाचार स्रोत बताउछ । यसैकारणले गर्दा पनि विभागले अहिले कति उजुरी एशोएसका नाममा छन् भन्ने कुरा खुलाउन चाहन्न ।

समाचार स्रोतका अनुसार एशोएस म्यानपावरले बषौं देखी राजस्व ठगी गदैं आएको छ । सो म्यानपावरमा सरकारी मातहतका निकाय बारम्बार छापा मार्न जाँदा होमबहादुरले ठूलो रकम घुस खुवाएर फिर्ता पठाउने गरेको समाचार स्रोतको दावी छ । म्यानपावर व्यवसायबाट अकुत कमाएका होमबहादुरको अहिले विभिन्न क्षेत्रमा ठूलो लगानी छ ।

उनी निकट स्रोत भन्छ,‘हेम बहादुरले म्यानपावर व्यवसाय सुरु गर्दा क्रृण काडेर विभागमा पैसा जम्मा गरेका थिए अहिले उनी करोडपती बनेका छन् ।’ स्रोत अघि भन्छ,‘उनको आयस्रोत भनेको म्यानपावरलाई व्यवसाय गरी शक्तिकेन्द्रलाई हातमा लिई ठगी गर्ने हो । उनी माथी छानविन गर्न जरुरी छ ।’

यसैविच, सिटी एक्सप्रेसका प्रवन्ध निर्देशकका रुपमा रहेका चन्द्र टन्डन पनि शक्तिकेन्द्रलाई हातमा लिई कमाउ धन्दा गर्ने व्यक्तिका रुपमा चिनिन्छन् ।

विभिन्न वित्तिय कम्पनी हुदैं बैंकिङ क्षेत्रमा आएका उनको दरबार मार्गमा ठूलो विल्डिङ बन्दै छ ।

गृहमन्त्री विमलेन्द्र निधिसँग राम्रै साठँगाठ रहेका उनले पावरको आडमा पछिल्लो समय प्रहरी अधिकृतहरुलाई रवाफ देखाउने, धम्काउने, हुन्डीलाई प्रसय दिने जस्ता गलत धन्दा गरिरहेको समाचार स्रोतको दावी छ ।

उनले कतिपय प्रहरी अधिकृतलाई गृहमन्त्री आफ्नो फेवरको भन्दै प्रोमोसन गरिदिने नाममा विभिन्न गलत धन्दा गरिरहेको समाचार स्रोतको दावी छ ।

यसरी सिटी एक्सप्रेस निलम्बनमा परेका कर्मचारी देखि विभिन्न धन्दा गरिरहेका व्यक्तिहरुको संरक्षणमा चलेको छ । यसरी चलिरहँदा सिटि एक्सप्रेसको भविष्य कहिले सम्म हो ?

भन्ने बारे बजारमा टिकाटिप्पणी हुन थालेका छन् ।

अन्य समाचार

Recorded Program

Follow us on facebook