लोक गित सुन्दा सुन्दै खानै विर्सिन्थे - तिर्थ


काठमाण्डौ । इच्छा, आकांक्षा, जोश, जागर भयो भने ठाउँले प्रभाव पार्दैन , जहाँ जुन ठाउँमा बसेर पनि गर्न सकिन्छ । यही ठाउँ नै भन्ने हुँदैन ।

यस्तै आफुलाई कर्ममा विश्वास गर्ने प्रतिभाशाली सर्जक तिर्थ कुमार बास्तोला अहिले गीत संगीतमा भिडेका छन् ।

सोलुखुम्बु जिल्ला नेचाबेतघारी वाड.नं.६ मा पिता चक्र प्रशाद बास्तोला र माता गंगा देबि बास्तोलाको कोखबाट जन्म भई  हाल बहराइनलाई आफ्नो कर्मथलो बनाई गित संगीतलाई अगाडी बढाईरहेका सर्जक बास्तोला सानै देखि लोक गित भनेपछि हुरुक्क हुन्थे ।

लोकगीतलाई जिवन ठान्थे उनी । गाँउमा कुटो,कोदालो, डोको नाम्लो गर्दा होस् वा भीरपाखामा बाख्रा चराउदा होस या घाँस काट्दा होस जाँदा पनि उनी  लोक गित सुन्नकै लागि आफ्नो घरमा भएको रेडियो साथमा लिएर जाने गर्दथे ।

लोकगीतलाई औधी मनपराउने तिर्थको दुख सुखको साथी नै मान्थे । यतिबेला भने उनै तिर्थ गीत संगीतमा जमेका छन् ।

गीत संगीत सुने पछि  खान,काम समेत  भुल्ने बास्तोला  आफै कलाकार बन्छु भन्ने सोच बनाएका भने थिएनन्  ।


त्यो समय थियो जुन समय गीत संगीत रेकर्ड गर्न निकै कठिन थियो उनको लागि एक्कासी सर्जक तथा गायक रबिलाल बि।सि संगको रमाइलो भेटघाटले सांगीतिक यात्राको ढोकालाई ढकढक्याउन पुगेको बताउँछन् ।

बास्तोला अझ भरपुर सहज र बाताबरण सिर्जना गायक गोबिन्द ओली रोल्पालीले दिनुको साथै गीत संगीतमा लाग्न सहज भएको सर्जक तिर्थ बताउँछन ।

“सारै मुटु दुख्छ यसपालिको तिजमा हल्ला मच्चाउँछु भन्दै यस्तै(यस्तै एल्बम बाट सांगीतिक बजारमा प्रबेस गरेका तीर्थको अहिले  बजारमा  आएको लोकदोहोरी गीत चौतारीमा बरको छायाले अत्यन्त चर्चामा छ ।

जसमा आवाज गोबिन्द ओली रोल्पाली र देवी घर्तीको रहेको छ भने लय प्रेम रावत र शब्द तिर्थ कुमार बास्तोलाकै रहेको छ साथमा थेगो पंचीमाया बास्तोलाको रहेको छ ।

आलाप रेकर्डिङ स्टुडियो मार्फत बजारमा आएको यस गीतको समस्त टिमलाई हार्दिक शुभकामना व्यक्त गर्दछौ । यसै बिच ,मलेसियामा कार्यरत आफ्ना मित्र एबं गायन क्षेत्रमा लागेका प्रेम रावतलाई समेत बहराइनबाट सम्झन चाहान्छन् उनी ।

ढिलै भए पनि बिजया दशमी तथा दिपावलि र छठको संपूर्ण देश बिदेशमा छरिएर बस्नु भएका आम नेपाली दाजुभाइ,दिदीबहिनीलाई शुभकामना पनि दिएका सर्जक बास्तोलालाई हाम्रो तर्फबाट पनि उज्जल भष्यिको शुभकामना ।

अन्य समाचार

Recorded Program

Follow us on facebook