यसो गरे कसो होला ? ५४अर्व नतिरे एनसेलको सेवा बहिष्कार !

काठमाण्डौ । चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले लाभकर ५४ अर्व नतिरे एनसेलको सेवा बहिष्कार गर्न आग्रह गरेका छन् । पौडेलले भने एनसेलको सेवा बहिष्कार सुरु गरिसकेको जानकारी दिएका छन् ।

नेपाल सरकारले पाउनै पर्ने लाभकर राजनीतिकरण गरेर एनसेललाई छुट दिइयो । यतिमात्र होइन, ८ अर्व ८० करोड लगानी नै नगरेको लाभांसा विदेश लैजान अनुमति पनि दिइयो ।

यो प्रकरणमा गभर्नर चिरञ्जीवी नेपाल, उद्योग विभाग र नेपाल दूरसञ्चार प्राधिकरण मुछिएका छन् । यसैवी प्राधिकरणले आफ्नो कार्यक्षेत्रको कुरा होइन यो भनेर प्रकरणबाट अलग भइसकेको छ भने उद्योग विभागले कहिल्यै अनुमति नदिएको प्रष्टिकरण दिएको छ । त्यसो भए अर्थमन्त्री कृष्णबहादुर महराले कसरी भनेझैं सबै कानुनी प्रक्रिया पूरा गरेर एनसेलले लाभांस लगेको भन्ने दावी गरे ।


लीलामणि पौडेलका अनुसार ५४अर्व राष्ट्रले पाउनैपर्छ, अन्यथा एनसेलको सेवा बहिष्कार गर्न युवाजमात अघि सर्नुपर्छ भन्ने छ । नेता र शासक प्रशासकले आर्थिक लेनदेन मिलाएर छुट दिन सक्छन्, नागरिक सचेत हुने हो भने एउटै बहिष्कारले एनसेलबाट पाउनै पर्ने कर नेपालले पाउनसक्छ । न्यूज अभियान डट कमबाट

अन्य समाचार

Recorded Program

Follow us on facebook